`

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख सहयोग जुट्यो

Nepal One HD ११ भदौ २०८३ १९:५१
अर्थ समाचार

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ। सरकारले प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाता तथा निजी क्षेत्रबाट प्राप्त सहयोग रकम बुझ्न थाल्नुभएको छ।

पछिल्लो ६ घण्टामै विभिन्न कम्पनी तथा दाताबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको सहयोग रकम २७ करोड ३३ लाख रुपैयाँ पुगेको जनाइएको छ। बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले निजी क्षेत्रका कम्पनी, संघसंस्था तथा विभिन्न दाताले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन्।

सरकारले राहत तथा पुनःस्थापनाका लागि प्राप्त हुने सहयोगलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा परिचालन गर्न एकद्वार प्रणाली अपनाएको जनाएको छ। कोषमा योगदान गर्ने दातृ कम्पनी तथा संघसंस्थाको विवरणसमेत सार्वजनिक गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *