जेनजीसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग [भिडिओ]
भिडियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेनजी आन्दोलनपछि अन्तरिम सरकारसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै यादवले आन्दोलन सफल भएपछि सरकारसँग भएका सहमति अझै कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले आन्दोलनका क्रममा मृत्यु भएका तथा घाइतेका परिवारसँग गरिएका सम्झौता पनि यथाशीघ्र कार्यान्वयन गरी उनीहरूका माग सम्बोधन गर्नुपर्ने बताए।
यादवले जेनजी आन्दोलनकै क्रममा पक्राउ परेका युवाहरूलाई समेत तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
