रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन
राजनीति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि समिति गठन गरेको छ ।
रास्वपाले आज ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माणका लागि पार्टी महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
रास्वपाको गत भदौ ५ गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गरिएको प्रवक्ता खरेलले बताउनुभयो ।
समितिमा सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कडरिया र प्रमोद न्यौपाने हुनुहुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
