सुनजस्तो देखिने धातु देखाएर १ करोड ३९ लाख ३० हजार ठगी, एक पक्राउ
अपराध
काठमाडौं । सुनजस्तो देखिने धातुलाई वास्तविक सुन भन्दै देखाएर १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ठगीमा संलग्न रहेको आरोपमा ती व्यक्तिलाई नेपाल प्रहरीकाे टाेलीले पक्राउ गरेको हाे। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले सुनजस्तो देखिने धातुलाई वास्तविक सुन भएको भन्दै पीडितलाई विश्वासमा पारी ठूलो रकम लिएको खुलेको प्रहरीले जनायाे।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
