जलवायु चुनौतीको समाधानमा साझा सङ्कल्प : मन्त्री चौधरी
राजनीति
मुस्ताङ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा सङ्कल्प गर्नुपर्ने बताएकी छिन्।मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा,२०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताएकी हुन्।
उनले हिउँ पग्लिएका कारण हिमताल फुट्ने जोखिम बढ्दा बाढीपहिरोले प्राणी जगत्लाई ठूलो असर पुर्याइरहेको बताइन्।मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण बाढीपहिरो, नदीकटान, खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा प्रत्यक्ष असर पुग्न गई खाद्य सुरक्षामा असर पुग्ने चेतावनी दिइन्। उनले बढ्दो तापमानका कारण हिमाली क्षेत्रमा थप जोखिम बढेको बताइन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
