`

भोटेकोशी बाढी: जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

Nepal One HD १ असोज २०८३ ६:२४
समाचार

जुम्ला । भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । उनीहरू रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिए । गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई पहिलो चरणमा राहत उपलब्ध गराएको छ । प्रतिपरिवार रु ४१ हजारका दरले राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।

पालिकाको कार्यविधिअनुसार तत्काल रु ३० हजार र सहयोगीले दिएको रु ११ हजार थप गरी सहयोग उपलब्ध गराइएको छ । यस्तै, खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा सङ्कलित रु पाँच लाख ७७ हजार र पालिकाको रु १४ लाख ७७ गरी रु २० लाख ४७ हजार राहत उपलब्ध भएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *