`

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

Nepal One HD ४ असोज २०८३ १०:०१
समाचार

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ ।

आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *