`

शैक्षिक विकासका लागि प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच सहकार्य

Nepal One HD ४ असोज २०८३ १८:२१
शिक्षा

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक उन्नयन तथा समग्र शैक्षिक विकासका लागि प्रभावकारी समन्वय र सहकार्य गरिने भएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्टबिच प्रदेश सरकार र सुदूरपश्चिम विश्वविद्यालयबीच शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा आज छलफल भएको हो।

भेटघाटका क्रममा प्रदेश सरकार र विश्वविद्यालयबीच आपसी सहकार्य, समन्वय तथा सहयोगका विविध विषयमा छलफल भएको सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नविन बमले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको शैक्षिक विकासमा विश्वविद्यालयको भूमिकालाई थप प्रभावकारी बनाउने, प्रदेश सरकार र विश्वविद्यालयबीच शैक्षिक, प्रशासनिक तथा संस्थागत सहयोग आदानप्रदान गर्ने तथा प्रदेशको समग्र विकासमा विश्वविद्यालयको ज्ञान, जनशक्ति र अनुसन्धान क्षमतालाई उपयोग गर्ने विषयमा छलफल भएको सुचना अधिकारी बमले बताए।

“प्रदेश सरकार र विश्वविद्यालयबीच विद्यमान सम्बन्धलाई थप सुदृढ गर्दै शिक्षा, अनुसन्धान, मानव संसाधन विकास तथा अन्य साझा क्षेत्रमा सहकार्यका सम्भावनालाई विस्तार गरिनेछ”, उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *