‘जुनतारा’मा प्रकाश र रेवा गिरीको छमछमी, कुलेंद्र–देवीको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक कुलेंद्र बिक र देवी घर्तीको स्वरमा नयाँ डान्सिङ गीत ‘जुनतारा’ सार्वजनिक भएको छ। गीतको भिडियोमा प्रकाश सपुत र रेवा गिरीले छमछमी नृत्य गरेका छन्। ‘जुनतारा’मा आकाश नेपालीको शब्द तथा संगीत रहेको छ भने एकेन्द्र सारा शंकरले निर्देशन तथा कोरियोग्राफी गरेका छन्। गीतको सिनेमेटोग्राफी दिनेश पराजुली र प्रोडक्सन म्यानेजमेन्ट दिनेश दर्जीले गरेका हुन्।
भिडियो आकाश नेपालीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतको चर्चा बढ्दै गएको निर्माण पक्षले जनाएको छ। गीतकी मोडल रेवा गिरीले आफू सानैदेखि मोडल बन्ने सपना बोकेर अघि बढेको बताएकी छन्।
पोखरामा बस्दै आएकी उनले मोडलिङलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने माध्यमका रूपमा लिएको बताउँदै निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासका साथ यस क्षेत्रमा छुट्टै पहिचान बनाउने लक्ष्य रहेको बताइन्। उनले आफ्नो सांगीतिक तथा मोडलिङ यात्रामा बाबुआमाको साथ र समर्थनलाई मुख्य प्रेरणाका रूपमा लिएकी छन्।
