बालेनको अमेरिका भ्रमण सफलताको कामना गर्दै रविले भने- ‘नेपालका सरोकारका विषय सशक्त रूपमा उठून्’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमण सफलताको शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत लामिछानेले नेपालको राष्ट्रिय हित तथा सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्रीको भ्रमण अर्थपूर्ण र सफल होस् भन्ने शुभकामना दिएका हुन्।
‘संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक शुभकामना,’ उनले लेखेका छन्।
‘नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल होस्,’ लामिछानेले भनेका छन्।
उनले प्रधानमन्त्री शाहलाई शुभेच्छासहित शुभकामना व्यक्त गरेका छन्।
