`

फोहरमैला व्यवस्थापन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

Nepal One HD ८ असोज २०८३ २०:१६
राजनीति

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रस्ताव प्रस्तुत गर्दै विधेयकमा सेवाको आधार तथा सार्वजनिक–निजी साझेदारी गरी दुई तरिकाबाट फोहर व्यवस्थापन गर्ने अवधारणा रहेको बताए ।

विधेयकमा घरमै फोहर वर्गीकरण गर्ने, स्थानीय तहले जग्गा व्यवस्थापन गर्ने तथा प्रदेश र केन्द्र सरकारले पूर्वाधार निर्माण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । वर्गीकरणपछि ल्याण्डफिल साइटमा जानुअघि नै ९५ प्रतिशत फोहर व्यवस्थापन हुने गरी व्यवस्था गरिएको मन्त्री लम्सालले बताए ।

छलफलमा सांसदहरुले फोहरलाई ग्यास, मललगायतका स्रोतका रूपमा विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने, कुहिने र नकुहिने फोहर छुट्याउनुपर्ने तथा फोहर व्यवस्थापनमा संलग्न कर्मचारीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सुझाव दिएका थिए ।विधेयकले फोहरमैला ऐन, २०६८ लाई प्रतिस्थापन गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *