बालेनको यूएन सम्बोधनलाई ज्ञानेन्द्र शाहीको प्रशंसा- ‘आज हरेक नेपालीको मनमा उत्सवको अनुभूति भएको छ’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल र नेपाली जनताको हितलाई केन्द्रमा राखिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले प्रधानमन्त्री शाहको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुभएको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको छ।’
शाहीले प्रधानमन्त्री शाहको सम्बोधनलाई समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको सपनाका रूपमा समेत व्याख्या गरेका छन् ।
‘यो केवल सम्बोधन होइन, समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको एउटा सुन्दर सपना पनि हो,’ उनले भनेका छन् ।
साथै, शाहीले प्रधानमन्त्री शाहलाई सम्बोधनका लागि धन्यवाद दिँदै सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
भगवान् पशुपतिनाथले सबैको रक्षा गरून्।
भगवान् बुद्धले देखाउनुभएको शान्ति, मानवता र करुणाको मार्गमा हामी सबै हिँड्न सकौँ।
सम्माननीय प्रधानमन्त्री Balen शाहज्यूले राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुभएको सम्बोधनले नेपाली जनताको मनमा आशा र उत्साह जगाएको छ।
यो केवल सम्बोधन होइन, समृद्ध, स्वाभिमानी र शान्त नेपाल निर्माणको एउटा सुन्दर सपना पनि हो।
सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना।
आज साँच्चिकै हरेक नेपालीको मनमा उत्सवको अनुभूति भएको छ।
