अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित
समाचार
सङ्खुवासभा। अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छ भने बाढी पहिरोको जोखिम पनि बढेको छ ।मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ ।लगातारको वर्षासँगै चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुरमा यातायात सेवा अवरुद्ध भएको छ । सिलिचोङ गाउँपालिका–२ को वाला माध्यमिक विद्यालय भवन पनि पहिरोको जोखिममा छ ।जिल्ला प्रशासन कार्यालयले अरुण, वरुण, हेवा र सभा खोलाको जलसतह निरन्तर बढिरहेको जनाउँदै सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
