कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगायो
बिशेष
काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पुल बगाएको छ । बाढीको बहाव उच्च भएपछि कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पुल बाढीले बगाएको हो ।
बाढी बढेपछि १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलेर विद्युत् उत्पादन पूर्णरूपमा बन्द गरिएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
