`

नारायणीको बाढीले क्रुज बगाएर पुलको पिलरमा ठोक्कायो, आवतजावत रोकियो

Nepal One HD ११ असोज २०८३ १९:१०
बिशेष

चितवन । नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर नारायणी पुलको पिलरमा ठोक्काएको छ ।

गैंडाकोटतर्फको किनारमा रहेको क्रुजसिप बाढीले बगाएर पुलको पिलरमा ठोक्किँदा ठूलो आवाज आएको स्थानीयले बताएका छन् । क्रुजसिप अहिले पनि पुलको पिलरमा अड्किएको अवस्थामा रहेको जनाइएको छ ।

क्रुजसिप पुलको पिलरमा ठोक्किएपछि पुलमा जोखिम हुनसक्ने भन्दै केही समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।

घटनापछि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल फिल्डमा पुगेका छन् । पुलको अवस्था तथा सम्भावित जोखिमबारे निरीक्षण भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *