`

प्रधानन्यायाधीश शर्मा र महानिरीक्षक कार्कीबीच भेटवार्ता

Nepal One HD १३ असोज २०८३ २०:१४
राजनीति

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भेट गरेका छन्।

सर्वोच्च पुगेका आईजीपी कार्की र प्रधानन्यायाधीश शर्माबीच करिब ४० मिनेट छलफल भएको थियो। भेटमा न्यायाधीशको सुरक्षा चुनौतीलगायत विषयमा कुराकानी भएको प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नियन्त्रणपछि सर्वोच्चको फुलकोर्टले सुरक्षा चिन्ता जनाउँदै विज्ञप्ति जारी गरेपछि आईजीपी कार्की सर्वोच्च पुगेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *