`

काठमाडौं उपत्यकामा २४ घण्टामा ७९२ सवारीसाधन कारबाहीमा

Nepal One HD १७ असोज २०८३ ८:२८
समाचार

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ७९२ सवारीसाधनमाथि २४ घण्टामा कारबाही गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९१ जनामाथि कारबाही गरिएको छ। यस्तै, सिसिटिभीबाट ४७, रेड लाइट उल्लंघन गर्ने ४६ र तीव्र गतिमा सवारी चलाउने १०७ जनामाथि कारबाही गरिएको छ।

त्यसैगरी हर्न निषेध उल्लंघन गर्ने ८, लेन अनुशासन पालना नगर्ने ६ र सवारीको अवस्था ठीक नभएका २८ वटा सवारीमाथि कारबाही गरिएको छ।अन्य कसुरमा ४५९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। वन–वे उल्लंघनमा भने कुनै कारबाही भएको छैन।कारबाहीको विवरण शनिबार बिहान ६ बजेसम्मको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *