`

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० जना घाइते

Nepal One HD १७ असोज २०८३ ८:४४
बिशेष

काठमाडौं – नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका –२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला जाजरकोट, भेरीगंगा नगरपालिका –३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्यको विवरण नखुलेको प्रहरीले जनाएको छ । बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पौने ४ बजे सडकबाट नालामा पल्टिएको प्रहरीले जनाउको छ । बसमा चालकसहित १८ जना सवार रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *