कांग्रेस महाधिवेशनमा रवि लामिछानेले भने – ‘लोकतन्त्रको रक्षा आन्दोलनले होइन, जनताले गर्छन्’
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनबाट मात्रै सरकार परिवर्तन हुनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गरे।
लामिछानेले आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै जनमतको सम्मान गर्नुपर्ने बताए। निर्वाचनबाट बनेको सरकारलाई अर्को चुनावसम्म काम गर्ने अवसर दिनुपर्ने उनको भनाइ थियो।
उनले लोकतन्त्रको रक्षा राजनीतिक दलले मात्र नभई जनताले गर्ने बताए। साथै, कांग्रेसले पुरानो र नयाँ पुस्ताबीच सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे।
लामिछानेले सरकारप्रति उठेका अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र पुँजीबजारसम्बन्धी प्रश्नलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
