`

भूमिहीन गरिबलाई लालपुर्जा दिने सरकारको कदमप्रति ज्ञानेन्द्र शाही सकारात्मक, प्रधानमन्त्री शाहलाई दिए धन्यवाद

Nepal One HD २० असोज २०८३ ६:४२
बिशेष

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले सुकुम्बासीका नाममा वर्षौँदेखि हुँदै आएको राजनीतिको अन्त्य हुन थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वास्तविक सुकुम्बासी तथा भूमिहीन गरिबले लालपुर्जा पाउने गरी सरकारले अघि बढाएको कदम स्वागतयोग्य रहेको बताएका हुन्।

उनले यसका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवादसमेत दिएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेखेका छन् – ३५ वर्षदेखि सुकुम्बासीको नाममा राजनीति गर्ने, गरिबलाई सधैँ गरिब र सुकुम्बासीलाई सधैँ सुकुम्बासी बनाइराख्ने, अनि त्यही वर्गलाई ‘सर्वहारा’ भन्दै राजनीति गर्ने प्रवृत्तिको अब अन्त्य हुँदैछ।
वास्तविक सुकुम्बासी तथा भूमिहीन गरिबले लालपुर्जा पाउने गरी सरकारले थालेको यो कदम स्वागतयोग्य छ।यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हृदयदेखि धेरै–धेरै धन्यवाद व्यक्त गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *