`

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

Nepal One HD २० असोज २०८३ १६:१३
बिशेष

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।

अदालतको आदेशसँगै प्रसाईं धरौटी बुझाएर रिहा हुने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *