कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खत्री नियुक्त
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.भीमबहादुर खत्री नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वीरेन्द्रनगमा बसेको मन्त्रिपरिषद् बैठकले डा.खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले जानकारी दिइन् ।
उनका अनुसार नवनियुक्त उपाध्यक्ष तातोपानी गाउँपालिका ४ जुम्लाका स्थायी निवासी हुन् । त्यसैगरी, हुम्लाको नाम्खा गाउपालिका र तिब्बतको बुराङ काउन्टीबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको स्वीकृतिका लागि कर्णाली प्रदेश सरकारका तर्फबाट सिफारिस गर्ने र कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली २०८३ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खड्काले जानकारी दिए ।
