`

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदै, उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

Nepal One HD १० कार्तिक २०८३ ६:४३
खेलकुद

आजदेखि एनपीएलको तेस्रो संस्करण शुरु हुँदैछ । एनपीएलमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने क्यानले दाबी गरेको छ।

स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने क्यानका कोषाध्यक्ष पदम खड्काको दाबी छ। साथै एनपीएल तेस्रो संस्करणको च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउने भएको छ।

उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।

प्रतियोगितामा ८ टीम सहभागी रहेका छन्। आज बेलुका ५ बजे हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिडनेछन्। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

यसैबीच प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *