`

एनपीएल खेल्न वेस्ट इन्डिजका पावर हिटर आन्द्रे रसेल नेपालमा

Nepal One HD ९ कार्तिक २०८३ १५:५६
खेलकुद

काठमाडौं। वेस्ट इन्डिजका विस्फोटक ब्याटर आन्द्रे ‘ड्रे रस’ रसेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन्। 

विराटनगर किङ्सले रसेललाई आफ्नो टोलीमा अनुबन्ध गरेको हो। दुई पटक टी-२० विश्वकप जितेको वेस्ट इन्डिज टोलीका सदस्य रहिसकेका रसेलले सन् २०१२ र २०१६ को विश्वकप उपाधि जितेका थिए। उनी ब्याटिङसँगै प्रभावकारी बलिङका लागि पनि परिचित छन्।

रसेलले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा खेलिसकेका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट खेल्दै उनले सन् २०१४ र २०२४ मा उपाधि जितेका थिए। उनको अनुभव र आक्रामक खेलशैलीले एनपीएलमा थप रोमाञ्च थप्ने अपेक्षा गरिएको छ।

तेस्रो संस्करणको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *