`

गागलफेदीको होमस्टेबाट जुवा खेलेको आरोपमा ३७ जना पक्राउ, ५ लाख ७८ हजार नगद बरामद

Nepal One HD २९ कार्तिक २०८३ ६:४३
समाचार

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् ।

गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट रु पाँच लाख ७८ हजार ५५५ र २६ वटा कौडा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *