`

‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु भन्नु मजाक हो ?’

Nepal One HD २ मंसिर २०८३ १३:०४
बिशेष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक नेताहरूलाई पक्राउ गर्ने धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको भन्दै उनले यस्ता धम्कीबाट नडराउने बताए।

एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुन्ने अभिव्यक्ति राजनीतिक नेतृत्वको अपमान भएको टिप्पणी गरे।

गलत काम गरेको प्रमाण भेटिए जोसुकैलाई कानुनी कारबाही गर्न सकिने भए पनि सार्वजनिक रूपमा सबैलाई जेल हाल्ने धम्की दिनु गैरजिम्मेवार भएको उनको भनाइ थियो।

गृहमन्त्रीको अभिव्यक्तिले समाजमा मनोवैज्ञानिक त्रास फैलाउने काम गरेको उनले आरोप लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *