एनपीएल एलिमिनेटर : चितवनले टस जितेर ब्याटिङ रोज्यो
आजको खेलका लागि दुवै टोलीले समान दुई खेलाडी परिवर्तन गरेका छन्। चितवनले सिकन्दर राजा र डान मोस्लीको स्थानमा रवि बोपारा र डाविड मलानलाई प्लेइङ-११ मा समावेश गरेको छ। त्यस्तै, काठमान्डुले सुमित महर्जन र स्मित पटेलको स्थानमा साहिल पटेल र साम हिजलेटलाई मौका दिएको छ।
आजको खेल दुवै टोलीका लागि निर्णायक हुनेछ। पराजित हुने टोलीको एनपीएल सिजन-३ को यात्रा समाप्त हुनेछ भने विजयी टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणमा तेस्रो स्थान हासिल गरेको काठमान्डु गोर्खाज एलिमिनेटरमा पुगेको हो। चितवन राइनोज भने चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको थियो।
जारी प्रतियोगितामा चितवन र काठमान्डु दोस्रोपटक आमनेसामने हुन लागेका हुन्। यसअघि लिग चरणको भेटमा काठमान्डुले चितवनलाई १० रनले पराजित गरेको थियो।
यसअघि सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ। अब एलिमिनेटरको विजेताले उपाधिका लागि फाइनलमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
