`

अर्थसम्बन्धी विधेयक अर्थ समितिबाट सर्वसम्मत पारित

Nepal One HD ८ मंसिर २०८३ १९:३१
समाचार

काठमाडौँ। अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले सम्पन्न भएको छ ।प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिमा आज भएको ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल सकिएको हो ।

अर्थसमितिका सभापति डा कृष्णहरि बुढाथोकीले आजको समितिको बैठकले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको जानकारी दिनुभयो ।

उहाँले विधेयकका मुख्य प्रावधानमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक गतिविधिमा सहजीकरण तथा समयसापेक्ष नरहेका कानुनी व्यवस्थाको खारेजी गर्ने प्रावधान समेटिएको बताउनुभयो ।

समितिको बैठकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई विधेयकले प्राथमिकता दिएको उल्लेख गरिएको छ । समितिले विधेयकमाथि दफावार छलफल सम्पन्न गरी संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो । बैठकले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलगायतका सहभागि हुनुहुन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *