`

गगनको कारबाही चेतावनीमा शशांकको यस्तो कटाक्ष

Nepal One HD ९ मंसिर २०८३ १६:३९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसभित्रको नेतृत्व विवाद थप पेचिलो बन्दै जाँदा नेता डा. शशांक कोइरालाले सभापति गगन थापाको कारबाही चेतावनीलाई हल्का रूपमा लिएका छन् ।

थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधि अर्को पार्टीको गतिविधिमा संलग्न भए पार्टी विधानअनुसार कारबाही गरिने चेतावनी दिएका थिए । उनको अभिव्यक्तिपछि इतर पक्षका नेता तथा जनप्रतिनिधिमाथि कारबाही हुन सक्ने चर्चा भइरहेका बेला कोइरालाले व्यंग्यात्मक प्रतिक्रिया दिएका हुन् ।

चुनदेवीमा आयोजित बैठकमा सहभागी हुन पुगेका कोइरालालाई सञ्चारकर्मीले थापाको चेतावनीबारे जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘कसले कारबाही गर्ने ? उहाँहरूले कारबाही गर्नुहुन्छ भने हामी के भन्न सक्छौँ र ?’

कोइरालाले आफूहरू अब आफ्नै बाटोमा अघि बढिसकेको पनि बताए । उनको यो अभिव्यक्तिले कांग्रेसभित्रको विवाद सामान्य असन्तुष्टिमा सीमित नरही अलग राजनीतिक बाटो रोज्ने अवस्थातर्फ अघि बढेको संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *