`

होल्डिङ सेन्टरमा रित्तो थाल बजाउँदै सुकुम्बासीको प्रदर्शन (तस्वीरहरू)

Nepal One HD ११ मंसिर २०८३ १३:४५
फोटोफिचर

काठमाडौं। सरकारले खाना दिन बन्द गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरू रित्तो थाल बजाएर सडकमा उत्रिएका छन्।

पेट भर्ने व्यवस्था रोकिएको विरोधमा उनीहरूले खाली थाल बजाउँदै सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले सरकारविरोधी प्लेकार्डसमेत बोकेका थिए। सरकारले सूचना जारी गर्दै आजदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ आश्रित परिवार थप अन्योलमा परेका छन्।

बस्ने स्थायी ठाउँ छैन, खाने व्यवस्था पनि बन्द भएको छ। त्यसमाथि आश्रयस्थलसमेत छाड्नुपर्ने सरकारी निर्देशनले उनीहरूको संकट थप चर्काएको छ। पुनर्वासको ठोस व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउन खोजिएको भन्दै प्रभावितहरूले असन्तुष्टि जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *