सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि शुरु, १२ दलका नेताले सम्बोधन गर्ने

राजनीति

काठमाडौं – सङ्घीय संसद्को अधिवेशन सोमबारदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजे हुनेछ ।
सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । छुट्टाछुट्टै बस्ने बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ ।
यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइने सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने पनि कार्यसूची रहेको छ । प्रतिनिधिसभाको बैठकमा १२ दलका नेताले सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट