`

यो सरकार स्थायित्वका लागि हो, सरकार बनाउने र गिराउने खेलका लागि होइन – ओली

Nepal One HD २५ पुष २०७९ २१:५०
राजनीति

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने बताएका छन् ।

सोमबार सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री प्रचण्डलाई बुझाउँदै ओलीले यस्तो बताएका हुन् । विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि बढ्ने उनले बताए ।

“भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ” उनले भने – “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछाँै ।” उनले जनताका आशा भरोसालाई राखेर अहिलेको सरकार बनेको बताए ।

अहिलेको सरकार कसैले ढाल्न नसक्ने उनको दाबी छ । उनले भने यो सरकार स्थायित्वका लागि हो । सरकार बनाउने र गिराउने खेलका लागि होइन । सरकार प्रभावकारीरूपमा चल्छ


प्रतिक्रिया