`

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

Nepal One HD २६ पुष २०७९ १२:४३
राजनीति

काठमाडौं / नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लड्नुभएका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्नेर्नुहुने भएको छ । स्रोतका अनुसार बिहीबार उहाँ औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको हो ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आउनुभएको थियो । एकीकृत समाजवादीमा प्रवेश गर्न उहाँले भूसालले प्रस्ताव पनि तयार गर्नुभएको छ ।


प्रतिक्रिया