जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रूपमा बढाउनुपर्छ : राजेन्द्र लिङ्देन

राजनीति

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना सुशासन कायम राख्न र विकासको गति तीव्र रूपमा बढाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विश्वासको मतमाथिको छलफलका क्रममा लिङदेनले जनतालाई दिने सेवा प्रवाह र राष्ट्रियताको सन्दर्भमा भएका प्रतिबद्धताका आधारमा सरकारलाई पूर्ण समर्थन रहेकोसमेत बताउनुभयो ।
अहिलेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा धन्यवाद व्यक्त गर्दै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहलाई सम्झँदा कसैले पनि हीनताबोध गर्न नपर्ने बताउनुभयो ।
पृथ्वीनारायण शाहप्रति गौरवबोध गर्दा पछाडि फर्किएको अनुभव गर्न नहुने उहाँको भनाइ छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट