प्रधानमन्त्री आज गोरखा जाँदै

राजनीति

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्ड बुधबारबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लाग्नुभएको हो । महोत्सव खेलकुद मैदान हरटारीमा आयोजना हुँदै छ ।
गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका उहाँ प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लाग्नुभएको हो ।
यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा जाँदै हुनुहुन्छ । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उहाँ गोरखा जान लाग्नुभएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट