मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादवको दाबी पेश

राजनीति

जनकपुरधाम / मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले दाबी पेश गरेका छन् ।
बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ६३ सांसदको समर्थनसहित बहुमतको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । आजै यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
सातदलीय गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति छ ।
मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदसहित ६३ सांसदले समर्थन गरेका छन्।
प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ ९२० बाट निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट