`

पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद छैन – माधव नेपाल

Nepal One HD २७ पुष २०७९ २०:४९
राजनीति

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको बताएका छन् । बुधबार ३०१औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आयोजना गरेको चियापान कार्यक्रममाम बोल्दै अध्यक्ष नेपालले सो कुरा गरेका हुन् ।

उनले ‘पृथ्वीनारायणको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने आफू नै भएको पनि बताए । उनले भने “आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ । जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा ग¥यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।”


प्रतिक्रिया