`

माधव नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता

Nepal One HD २८ पुष २०७९ १९:५६
राजनीति

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जापानको संसद्को प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । बिहिबार आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र जापानी संसद्का सदस्य मासाकी जैराबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत् परियोजना, पर्यटन, नारायणहिटी दरबार सङ्ग्रहालयलगायत जापान सरकारको सहयोगका विषयमा छलफल भएको छ । यस्तै जापानमा क्रियाशील राजनीतिक दल र नेपालका विभिन्न राजनीतिक दल बीचका अन्तरसम्बन्धका बारेमा छलफल भएको थियो ।


प्रतिक्रिया