सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित

राजनीति

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सभामुखको निर्वाचन अनिश्चित बनेको छ । शुक्रबार बिहान ११ बजे पुनस् मतदान गर्ने समय तोकिएता पनि बिहान बसेको सर्वदलीय बैठकमा पुनस् मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको हो ।
उनकाअनुसार सर्वदलीय बैठकमा सभामुखको पुनस् निर्वाचन र संवैधानिक अड्चनका विषयमा कानूनी परामर्श गर्ने मौखिक समझदारी बनेको छ ।
संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूले १५ पुसमा पद तथा गोपनियताको सपथ लिएका थिए । उक्त समयअनुसार ३० पुसमा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट