`

नाइजेरियामा दुर्घटना हुँदा १६ जनाको मृत्य, ८३ जना घाइते

Nepal One HD २ माघ २०७९ १२:०१
विश्व

काठमाडौं  । नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर १६ जना भन्दाबढिको मृत्यु भएको छ । आइतबार नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी १६ जनाको मृत्यु हुनको साथै केही व्यक्ति घाइते भएका हुन् ।

कम्तीमा पनि ९० जना यात्रुहरु बोकेको बसलाई सडकमा ट्रकले ठक्कर दिए दुर्घटना भएको बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल लगिएको जनाईएको छ ।

सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई तत्कालै अस्पताल पु¥याइएको थियो । उक्त राज्यको मंगु गाउँनजिकै सो दुर्घटना भएको हो ।


प्रतिक्रिया