`

चिनियाँ रासायनिक कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते

Nepal One HD २ माघ २०७९ १२:०२
विश्व

काठमाडौं । चीनको एक रासायनिक कारखानामा विस्फोट भएको भएको छ । आइतबार दिउँसो उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा विस्फोट भएको हो ।

उक्त विस्फोटमा परी दुई जनाको मृत्यु भएको र ३४ जना घाइते भएका छन् भने १२ जना वेपता भईरहेको त्यहाका सञ्चार माध्यमहरुले बताएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ ।

सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ ।

 

 


प्रतिक्रिया