`

बेलायतका नर्स हडतालमा

Nepal One HD ५ माघ २०७९ ८:१९
विश्व

एजेन्सी – तलबको विषयलाई लिएर बेलायतका नर्सहरूले हडताल सुरु गरेका छन् । मूल्यवृद्धिको आधारमा तलब बृद्धिको माग गर्दै नर्सहरुले बुधबारदेखि हड्ताल सुरु गरेका हुन् । नर्सको हड्तालका कारण स्वास्थ्य सेवा प्रभावित भएका छन् ।

नर्सहरुको संस्था नर्सिङ युनियनले सरकारले चालू आर्थिक वर्षका लागि आफ्नो तलब सम्झौता सुधारमा पहल नगरेको आरोप लगाएको छ । वेलायतको स्वास्थ्य सेवामा नर्सहरूको माग भइरहेको समयमा  हडताल भएको छ । कोभिडलगायतका समस्याका कारण सेवाग्राहीको भीड बढिरहेका बेला हडतालले प्रशासनलाई थप दबाब सिर्जना गरेको छ ।


प्रतिक्रिया