`

प्रधानमन्त्रीलाई जस्तै सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन योगेश भट्टराईको आग्रह

Nepal One HD ५ माघ २०७९ १३:२५
राजनीति

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई जस्तै सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन आग्रह गरेका छन् । न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बोल्दै उनले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका हुन् ।

पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जाने उनले दाबी गरेका छन् । कांग्रेसले आफ्नो कोर्स पुरा गर्न नसकेपछि ओलीले नयाँ कोर्स निर्माण गरेको बताएका हुन् ।

उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनको भनाइ छ ।


प्रतिक्रिया