`

सभामुखमा देवराज घिमिरेलाई मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

Nepal One HD ५ माघ २०७९ १४:२५
राजनीति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार संसद् बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम थारुले घिमिरेलाई सभामुखमा मत दिने बताएका हुन् ।

सात दलीय समर्थन कायम रहेको थारुको भनाइ छ । सांसद चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताए ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको बताए ।


प्रतिक्रिया