`

सभामुखमा ईश्वरीलाई छातीमा मुड्कीले हानेर सभामुखमा समर्थन गर्छौं : चित्रबहादुर केसी

Nepal One HD ५ माघ २०७९ १५:१४
राजनीति

काठमाडौँ / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताउनु भएको छ ।

सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै जे जस्तो अवस्था सिर्जना भएपनि छातीमा मुड्कीले हानेर सभामुखमा ईश्वरीलाई समर्थन गर्ने बताउनु भएको हो ।

नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उहाँले असन्तुष्टि जनाएपनि सभामुख पदको चयनका लागि कांग्रेसबाट उमेदवारी दिएकी इश्वरीलाई नै मतदान गर्ने बताउनु भयो ।


प्रतिक्रिया