`

एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो : अध्यक्ष ओली

Nepal One HD ५ माघ २०७९ १७:३४
राजनीति

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने बताउनु भयो ।

बिहीबार संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले यस्तो बताउनु भयो । अध्यक्ष ओलीले सत्ता साझेदार दलहरूबिच भएको सहमति पनि त्यही भएको बताउनु भयो ।

सञ्चारकर्मीहरूको प्रश्नमा उहाँले जवाफ दिँदै भन्नु भयो,‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’
काँग्रेसले त गठबन्धन भत्काउँछौँ, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा उहाँले हाँस्दै भन्नुभयो, ‘ठिकै छ ।’


प्रतिक्रिया