लोकतन्त्र भनेको फगत शासन पद्धति मात्र होइन,जनताको जीवनशैली पनि हो : सोबिता गौतम


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुखमा प्रस्ताव गर्नु भएको छ ।
शनिबार प्रतिनिधिसभा बैठकमा उपसभामुखमा इन्दिरा राना मगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद गौतमले उपसभामुखमा दुई सीमान्त समुदायका महिला प्रतिस्पर्धामा हुनु सुखद पक्ष भएको पनि बताउनु भयो ।
उहाँले शासन पद्धति मात्र लोकतन्त्र नभएको उल्लेख गर्दै सांसदमा भन्नुभयो, सीमान्तमा रहेका दुई समुदायका महिलाहरू लोकतान्त्रिक पद्धतिमार्फत प्रतिस्पर्धामा हुनुहुन्छ । लोकतन्त्र भनेको फगत शासन पद्धति मात्र होइन जनताहरूको जीवनशैली पनि हो । लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र सम्भव हुन्छ ।
प्रतिस्धापर्धात्मक पद्धति अपनाइनु भनेको लोकतन्त्र सुदृढ हुँदै जानुको उदाहरण भएको उहाँको भनाइ थियो । समाज रूपान्तरणमा निखारिएर राजनीतिमा आएकाले मगरलाई उपसभामुखमा निर्वाचित गर्न पनि उहाँले सदनलाई आग्रह गर्नु भयो ।
सोबिता गौतमको सम्बोधन यस्तो छ :