विगतको आन्दोलनकै कारण अहिलेको राजनीतिक व्यवस्था स्थापित भयो : नारायणी शर्मा


काठमाडौँ / नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विगतको आन्दोलन र संघर्षकै कारण अहिलेको राजनीतिक व्यवस्था स्थापित भएको बताउनु भयो ।
शनिबार प्रतिनिधिसभाकोे बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भयो ।
उहाँले उपसभामुखकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै भन्नुभयो, ‘यो क्षणमा मलाई गर्व लागेको छ, महिलालाई, जनजातिलाई प्रतिस्पर्धामा ल्याउनका लागि, पछाडि परेको सीमान्तकृत र दलित समुदायलाई प्रतिस्पर्धामा ल्याउनका निम्ति विगतमा गरिएका संघर्षहरू, आन्दोलनहरुको योगदान छ । म त्यो संघर्ष, युद्ध र आन्दोलनप्रति गर्व गर्न चाहान्छु ।,’
‘यतिबेला एउटा मेधशी चेली र अर्की जनजाति चेली प्रतिस्पर्धामा हुनुहुन्छ । र हामी यहाँ उपस्थित रहेर लोकतन्त्रको सून्दर अभ्यास गरिरहेका छौँ ।,’ उहाँले भन्नुभयो ।
उनले उपसभामुखमा सामाजिक क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा छवि बनाएकी रानामगरलाई निर्वाचित गर्न समेत आग्रह गर्नु भयो ।