`

अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने माधवकुमार नेपालको चेतावनी

Nepal One HD ७ माघ २०७९ १५:३७
राजनीति

काठमाडौँ  / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गएको निर्वाचनमा अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

रौतहट काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले रौतहटमा केही नेता तथा कार्यकर्ताले समानुपातिकतर्फ घण्टीमा मत मागेको खुलेको भन्दै अर्कै पार्टीका लागि भोट माग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनुभएको हो । घण्टीको प्रचार गर्नेले कारणसहित अहिले नै पार्टीमा इमान्दारीका साथ जानकारी गराउन उहाँले सुझाव दिनुभयो । अध्यक्ष नेपालले वर्तमान राजनैतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको धारणा पनि राख्नुभयो ।

उहाँले नेपालको राजनैतिक साथै आर्थिक सामाजिक सांस्कृतिक क्षेत्रको रूपान्तरण र परिवर्तन आवश्यक भएको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया