`

माइतीघरमा विरोध प्रदर्शन : ‘खबरदार सरकार अब दलाल पाल्न पाइँदैन’

Nepal One HD १२ माघ २०७९ १४:४८
प्रमुख खबर

काठमाडौं ।  मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको आत्मदाहसम्बन्धी घटनामा माइतीघरमा विरोध प्रदर्शन भएको छ । राज्यद्वारा गरिएको हत्या विरुद्ध काठमाडौं अपराइजिङ’ नामको ब्यानरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सरकारको आलोचना गरिएको छ । भ्रष्ट राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेका थिए । जसमा ‘देशमा केही गर्छु भन्नु अपराध हो सरकार ?, मैले देशमा सपना देख्न पाउने कि नपाउने ?, खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, अर्को जल्दो शरीर मेरो नहोस् लगायत नाराका साथ प्रदर्शन गरिएको छ ।

आचार्यको बुधबार उपचारको क्रममा बर्न अस्पताल कीर्तिपुरमा मृत्यु भएको थियो । व्यवसायी उनले आफू किन मर्न बाध्य भए भन्ने विषय सुसाइड नोटमा लेखेका छन् भने राज्य संयन्त्रलाई पनि विभिन्न दोष लगाएका छन् ।


प्रतिक्रिया